बैतडीमा एनआरवाइसी टी–१० क्रिकेट शुरु
बैतडी: बैतडीमा आजदेखि टी–१० क्रिकेट प्रतियोगिता शुरु भएको छ । नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा १५ औं संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिता शुरु भएको हो ।


दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदान शुरु प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् ।
उद्घाटन खेलमा आयोजक एनआरवाइसीले विजयी भएको छ । एनआरवाइसीले नागार्जुन सीम बी टोलीलाई ११७ रनले हराएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको एनआरवाइसीले राम चन्दको ६१ रनको मद्दतमा १५५ रन बनायो । जवाफी ब्याटिङ गरेको सीमको टोली ७ दशमलव ५ ओभरमा ३८ रनमा समेटियो । राम चन्द म्यान अफ द म्याच चुनिए ।




आजै भएको दोस्रो खेलमा पञ्चकोटीले जनसेवा क्लबलाई १६ रनले हराएको छ । पञ्चकोटीले दिएको ८७ रनको लक्ष्य पन्छाएको जनसेवा ७० रनमा समेटियो । ४ विकेट हात पारेका निरज बुडाल म्यान अफ द म्याच भए ।


त्यसअघि प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा दशरथचन्द नगरपालिकाका वडा नम्बर ११ का वडाध्यक्ष जयदत्त पन्त, वडा नम्बर ९ का वडाध्यक्ष मोहनदेव जोशी, क्लबका अध्यक्ष ताराराम महर लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगिताको विजेतालाई २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल प्रदान गरिने आयोजक नागार्जुन रणसैनी युवा क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो ।
गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।



