विश्वचर्चित फुटबलर रोनाल्डो साउदी क्लबमा अनुबन्धः फुटबल ईतिहासमै महङ्गो पारिश्रमिक लिदै

एजेन्सीः क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ ।

 

विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा रहनेछ ।

३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो ।

Loading...