कैलालीको गौरिगंगा-६ मा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु , १४ जना घाइते

अत्तरिया: कैलालीको गौरिगंगा नगरपालिका – ६ वनवेहडामा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन । महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालीका १ की ७३ बर्षिया कर्मा प्याकुरेल रहेकी छिन् ।

 

घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि लगाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

 

घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...