मुकेश अम्बानीका कान्छो छोराको इन्गेजमेन्टमा १० मिनेट प्रस्तुति दिएर भारतीय गायक मिका सिंहले लिए डेढ करोड भारु

काठमाडौं: अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको इन्गेजमेन्टमा १० मिनेट प्रस्तुति दिएर भारतीय गायक मिका सिंहले डेढ करोड भारतीय रुपैयाँ लिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अनन्तले २९ डिसेम्बरमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए । उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भएका थिए । गायक मिकाले त्यस साँझमा आफ्ना गीतहरूले समारोहमा उपस्थित मानिसहरूलाई मोहित बनाए । उनले उक्त समारोहमा १० मिनेट मात्रै प्रस्तुती दिएका थिए । तर, त्यसका लागि उनले डेढ करोड भारतीय रुपैयाँ लिएका हुन् ।

 

अम्बानी परिवारमा हुने जुनसुकै समारोहमा पनि मिका प्रायः प्रस्तुती दिइरहेका देखिन्छन् । मुकेशका जेठा छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीको बिहेमा पनि मिकाले आफ्नो प्रस्तुती दिएका थिए ।

 

अनन्तको एन्कोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी राधिकासँग इन्गेजमेन्ट राजस्थानमा भएको हो । राजस्थानको श्रीनाथजीमा दुवै परिवार र नजिकका आफन्तहरूको उपस्थितिमा उनीहरूको इन्गेजमेन्ट भएको हो ।

 

इन्गेजमेन्टपछि त्यसको सेलिब्रेशन मुकेश अम्बानीको घर एन्टिलामा राखिएको थियो । उक्त समारोहमा मनोरञ्जन, व्यापार र राजनीति जगतका धेरै प्रसिद्ध व्यक्तित्वहरू सहभागी थिए । जसमा सलमान खान, शाहरुख खान, रणवीर कपुर, आलिया भट्ट, रणवीर सिंह, जान्हवी कपूर, अयान मुखर्जीलगायत फिल्म उद्योगका धेरै कलाकारहरु सहभागी भएका थिए ।

Loading...