माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेता छान्न बैठक जारी

कैलाली: नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेता छान्न बैठक सुरु भएको छ। प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो। बैठकबाट सर्वसम्मत दलको नेता चयनको प्रयास भइरहेको बताइएको छ।

 

यहाँ दलको नेताका लागि माओवादीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाट सरल आकांक्षी देखिएका छन्।

 

सरलले यसअघिदेखि नै दलको नेता सर्वसम्मत चयन नभए निर्वाचन प्रक्रियामा जानुपर्ने बताउँदै आएका छन्। सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ प्रदेशसभा सदस्य छन्।

Loading...