एकीकृत समाजवादीले तत्काल एमालेसँग एकता नगर्ने संकेत

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीले तत्काल एमालेसँग एकता नगर्ने भएको छ । एमालेसँग एकता केबल हल्ला मात्र रहेको भन्दै अहिलेको सन्दर्भमा कुनैपनि पार्टीसँग एकता नगर्ने पक्षमा रहेको एकिकृत समाजवादीले जनाएको छ ।

आज पार्टी कार्यालय बसिररहेको स्थायी कमिटीको जारी बैठकले एमाले माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन सरकारमा जाने वा नजानेबारे निर्णय गर्ने भएको छ।

पार्टीका एक नेताका अनुसार बैठकमा पार्टीको भावी कार्ययोजनाको बारेमा व्यापक छलफल गर्ने र गत निर्वाचनको नतिजाबारेमा पनि गंभीर ढंगले छलफल हुने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले बैठकका एजेण्डा र वरिष्ठ नेता झलनाथ खनालले अहिलेको समसामयिक अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको थियो । बैठकमा वर्तमान समसामयिक विषयमा पनि छलफल भइरहेको छ । जारी बैठक भोलिसम्म चल्ने छ ।

Loading...