चर्चित गायक दुर्गेश थापालाई महोत्सवमा आक्रमण

चन्द्रौटा : महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ। कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा रहेका आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएको हो ।

 

मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ।

Loading...