नेपालमा थप चार विश्वविद्यालय खोल्ने प्रस्ताव, काहाँ काहाँ खोलिएलान त विश्वविद्यालय ?

काठमाडौं: राष्ट्रिय योजना आयोगका (शिक्षा हेर्ने) सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित समितिले एकीकृत उच्च शिक्षा ऐन नआउँदै केन्द्रीय विश्वविद्यालय स्थापना गर्न नहुने सुझाव दिएको छ । उच्च शिक्षा नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउन यस्तो सुझाव दिइएको हो ।

 

समितिले प्रस्तावित उच्च शिक्षा ऐनको प्रावधान एवं मापदण्डअनुसार हुने गरी विश्वविद्यालय अनुदान आयोगको परामर्शमा मात्रै विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएको छ ।

 

हाल विश्वविद्यालयको संख्या ११ बाट बढेर १३ पुगेको छ । प्रदेशअन्तर्गत पनि विश्वविद्यालय खुलिसकेका छन् भने ४ वटा मन्त्रालयले विश्वविद्यालय खोल्ने तयारी गरेको छ । यसरी मनलाग्दी विश्वविद्यालय सञ्चालन गर्दा विश्वविद्यालय अनुदान आयोगको औचित्यमाथि प्रश्न उठेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Loading...