बैतडीमा टी–१० क्रिकेटः आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी: बैतडीमा जारी १५ औं संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिता अन्र्तगत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा आज एनआरवाइसी ए ले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित गर्यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी ए ले निर्धारित १० ओभरमा ७ विकेटको क्षतीमा ९७ रन बनायो । जसमा सन्तोस विजलेले ३६ रनको योगदान गरे ।

९८ रनको लक्ष्य पन्छाएको कालशैनी ६८ रनमा समेटियो । उसका टेकेन्द्र चन्दले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो । एनआरवाइसीका लागि सन्तोस विजलेले ४ विकेट हात पारे । सन्तोस खेलका म्यान अफ द म्याच समेत चुनिए ।
यस्तै आजै भएका अन्य खेलहरुमा एनआरवाइसी बी,कालशैनी,नागार्जुन सिम ए विजयी भएका छन् ।

नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता पुस १९ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको विजेताले २५ हजार, ट्रफी र मेडल तथा उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल पाउने आयोजक नागार्जुन रणसैनी युवा क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो ।

गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।

Loading...