प्रदेश सभा सदस्यहरुलाई बाजुरेली समाजको स्वागत तथा बधाई

दुर्गम जिल्लाको विकासका लागि सम्पूर्ण सांसद एक ठाउँमा आउन आवश्यक

धनगढी ः नवनिर्वाचित प्रदेश सांसदलाई बाजुरेली समाज धनगढीले स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । समाजले बाजुराबाट निर्वाचित प्रदेश सांसद पदमबहादुर शाही, नरेश शाही र जुना दानीलाई स्वागत तथा बधाई दिएको हो । यस्तै बाजुरा जन्म घर भई धनगढीमा कार्यक्षेत्र बनाएकी प्रदेश सभा सांसद सन्तोषी शर्मालाई पनि स्वागत तथा बधाई गरेको हो । शर्मा कैलालीबाट समानुपातिक बाट निर्वाचित सांसद हुन् ।
समाजका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित चार जना सांसदलाई खादा ओढाएर स्वागत तथा स्वागत गरेका थिए ।
सो अवसरमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आगामी पाँच वर्षे कार्यकाललाई उपलब्धीमुलक बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सांसद पदमबहादुर शाहीले समाजले गरेका कामको प्रसंसा गर्दै आगामी दिनमा अझ श–शक्तभएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए । उनले बाजुरा विकासमा पछाडी परेको हुँदा त्यहाँको जनताको जीवनस्तर माथि उठाउन आफु अगाडि लाग्ने प्रतिबद्धता गरे । यस्तै अर्को प्रदेश सभा सांसद नरेशबहादुर शाहीले हरेक ठाउँमा बसोबास गर्नका लागि समाज महत्वपूर्ण भएको हुँदा समाजलाई माथि उकास्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । उनले जुन दलबाट निर्वाचित सांसद भए पनि बाजुराको विकासका लागि एक भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कैलालीबाट निर्वाचित सांसद सन्तोषी शर्मा थापाले प्रखेशको विकासका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने विश्वास व्यक्त गरिन् । प्रदेशमा पनि बाजुरा जस्ता दुर्गम जिल्लाको विकासका लागि सम्पूर्ण सांसद एक ठाउँमा आउन आवश्यक रहेको बताईन् ।त्यस्तैगरी अर्को प्रदेश सभा सांसद जुना दानीले पनि समाजले गरेका कामको प्रसंसा गर्दै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास व्यक्त गरिन् । कार्यक्रममा समाजका पूर्व अध्यक्ष द्घय भीमबहादुर शाह, कुलबहादुर हमाल र समाजसेवी हिक्मत शाही, नवराज जैशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।बाजुरेली सेवा समाजको आफ्नै घर नहुँदा घर निर्माणमा आफुहरु हयोग गर्ने सांसदहरुको भनाई छ ।  कार्यक्रममा बाजुरा घर भएर धनगढी रहेको विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Loading...