कैलालीको नुक्लीपुरमा होम स्टे महोत्सवको तयारी तिब्र, ग्रामिण भेगको साधनमा चढाई जङ्गल सफारी गराइने

धनगढी: कैलालीको गौरीगङ्गा नगरपालिका–१० मा यही पुस २५ देखि २९ गते सम्म संचालन हुने होम स्टे गाँउ नुक्लीपुर महोत्सव हुने भएको छ । नुक्लीपुर सामुदायिक होमस्टे व्यवस्थापन समितिले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी होम स्टे गाँउ नुक्लीपुर महोत्सव बारे जानकारी दिइएको हो ।

 

भाषाकला संस्कृति, जैविक विविधता संरक्षण ओ पर्यापर्यटन प्रवर्द्धन करि’ भन्ने मूल नाराका साथ पहिलो पटक होमस्टे गाउँ नुक्लिपुर महोत्सव २०७९ आयोजना गरेको समितिका सदस्य दिनेश दहितले जानकारी दिए । होमस्टेको प्रचारप्रसार, मौलिक हस्ताकलाका प्रवर्द्धनका लाग महोत्सवको आयोजना गरेको नुक्लीपुर सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष भागी राम चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

महोत्सवमा रमाइलो मेला, थारु खानपानको सुविधा, डल्लपमा जङ्गल सफारी गराइने ,हस्ताकला प्रदर्शनी तथा विक्री वितरण, खुला पुरुष फुटबल प्रतियोगिता, चर्चित थारु कलाकारहरूको प्रस्तुति, थारु गुरुबा शक्ति प्रदर्शन, डलवमा जङ्गल सफारीको कार्यक्रम रहेको आयोजक समितिका मिडिया संयोजक दहितले बताए ।

 

२०७७ सालमा होमस्टे स्थापना लगत्तै कोरोना महामारी सुरु भएपछि नुक्लीपुर सामुदायिक होमस्टेको विधिवत् उद्घाटन हुन सकेको छैन । आयोजनाले महोत्सवसँगै होमस्टेको उद्घाटन कार्यक्रम पनि राखेको छ । नुक्लीपुरमा हाल ६ घरमा होमस्टे सञ्चालनको लागि तयारी गरेको छ ।

Loading...