माओवादी सुदूरपश्चिम प्रदेसको संसदीय दल नेता खगराज भट्ट चयन

अत्तरिया: नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन । प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठकले जनाएको छ । हिजो बसेको बैठकबाट सर्वसम्मत दलको नेता चयनको प्रयास भइरहे पनि फेरी आज बसेको बैठकबाट भट्टलाई संसदिय दलको नेतामा चयन भएको कुरा डिल्लीराज भट्टले जानकारी दिएका छन ।

 

दलको नेताका लागि माओवादीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाट सरल आकांक्षी देखिएका थिए । पछिल्लो बैठकबाट आपसी समझदारीमै प्रदेश इन्चार्ज भट्टलाई संसदिय दलको नेतामा निर्बिरोध चयन गरेका हुन ।

सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ जना सांसद छन्।

 

संसदिय दलको नेतामा दाबेदार देखिएका ओम बिक्रम भाटले आफ्नो फेसबुकमा यस्तो लेखे ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर केन्द्रमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएको विदितै छ । केन्द्रमा हाम्रो पार्टीको नेतृत्व भएको वर्तमान अवस्थामा केन्द्र सरकारलाई सफल बनाउन हामी सबैको कर्तव्य हो । तसर्थ अहिले सहमति सहकार्य र एकताबद्ध भएर अगाडि बढ्दा नै हामीले पहलकदमि लिन सक्छौं । यही मान्यता र जिम्मेवारी बोधका साथ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा हामी दुईजना आकांक्षी रहेको कुरा विदितै छ । वर्तमान गठबन्धनले हाम्रो प्रदेशमा नयाँ राजनीतिक अवस्था सृजना गरेको छ । अहिले हामी गठबन्धन भित्र पहिलो दलको रुपमा रहेका छौं । गठबन्धन भित्र रहेका दलहरूले दलनेता सर्वसम्मत रुपमा निर्वाचित गरिसकेको अवस्थामा हामी प्रमुख दल रहेकोले हाम्रो दायित्व पनि सर्वसम्मत नेता निर्वाचित गर्नु हो । त्यसकारण अहिलेको वर्तमान राजनीतिक अवस्थामा एकताबद्ध हुंदा मात्र पहलकदमी लिनसक्ने निष्कर्षका साथ हामी दुई दल नेताका आकांक्षी प्रदेश ईञ्चार्ज तथा स्थायी समिति सदस्य कमरेड खगराज भट्ट र मेरा बिचमा अहिलेको अवस्थामा मिलेर र एकताबद्ध भएर मात्र पहलकदमी लिन सकिन्छ भन्नेमा सहमत भएका छौं । आगामी दिनमा पनि सहमति सहकार्य र एकताबद्ध भएर अगाडि बढ्नेमा दृढता पुर्वक संकल्प गरेका छौं । यही सहमतिका साथ पार्टी इञ्चार्ज तथा स्थायी समिति सदस्य कमरेड खगराज भट्टलाई दलको नेतामा सर्वसम्मत निर्वाचित भएको जानकारी गराउँदछौं । दल नेताको रुपमा तपाईंको कार्यकाल सफल र सुखद रहोस् भन्ने कामनाका साथ हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।

Loading...