कैलालीको ओलानीमा विद्युतको मोवाइल महशुल काउन्टर स्थापना

अत्तरिया : कैलालीको ओलानीमा विद्युतको मोवाइल महशुल काउन्टर स्थापना गरिएको छ । गोदावरी नगरपालिका १०, ११ र १२ का जनताको सहजताका लागि ओलानीको गौडीमा विद्युत काउन्टर स्थापना गरिएको हो ।

महशुल काउन्टरको आईतबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।

उक्त विद्युत काउन्टर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको सहकार्यमा स्थापना गरिएको हो । ओलानीमा विद्युत काउन्टर स्थापना भएपछि सो क्षेत्रका जनतालाई विद्युत महशुल बुझाउन अत्तरिया आउनु पर्ने बाद्यता हटेको छ ।

Loading...