सेती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन् ।  आइतबार एक कार्यक्रमका वीच मुख्यमन्त्री भट्टले सिटी स्क्यानको उद्घाटन गरेका हुन् ।

No description available.

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको हो । सरकारी अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । मुख्यमन्त्री भट्टले अब त्यो समस्या हट्ने विश्वास व्यक्त गरे ।

No description available.

Loading...