बझाङको दुर्गाथली गाउँपालिकाद्धारा मदन भण्डारी बाल आश्रमका बालबालिका लाइ न्यानो कपडा सहयोग

बझाङ: दुर्गाथली गाउपालिकाले बाल आश्रमका बालबालिकालाइ न्यानो कपडा हुड सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच दुर्गाथली गाउपालिका वडा नम्बर १ मा रहेको मदन भण्डारी बाल आश्रमका बालबालिकालाइ गाउपालिकाले न्यानो कपडा स्वरुप हुड हस्तान्त्रण गरेको हो ।

चिसोकोे समयमा बालबालिकालाइ समस्या हुने भन्दै गाउपालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष जनक दौल्यालले गाउपालिका को तर्फ बाट बाल आश्रमका १३ जना बालबालिकालाइ हुड सहयोग गरेको सहकर्मी शेर बाहादुर वलिले जानकारी दिनुभयो ।

उक्त आश्रममा रहेका नाबालकहरुलाइ समस्या पर्दा गाउपालिकाले सहयोग गर्ने गाउपालिका अध्यक्ष दिल बहादुर थापा बताउनुभयो । कार्यक्रममा गाउपालिका अध्यक्ष दिल बहादुर थापा , उपाध्यक्ष जनक दौल्याल, वडा नम्बर १ का वडा अध्यक्ष अम्मर राज धामी लगाएतको उपश्थिती रहेको थियोे । उक्त मदन भण्डारी बाल आश्रममा हाल १३ जना बालबालिका रहेका छन् ।

Loading...