डोटीको लडागडाका ६० वर्षीय कडायत मृत फेला

डोटी: डोटीमा एक पुरुष मृत फेला परेका छन् । दिपायल स्थित सिलगढी नगरपालिका – ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् ।

 

कडायत गोगनपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

कडायत पौष ११ गते देखि परिवारको सम्पर्क बाहिर थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...