बझाङमा दशौं राष्ट्रिय पोल्ट्री दिवस मनाइयो

बझाङ: “पोल्ट्री क्षेत्रको बिकासमा सर्बपक्षिय सहभागीता खाद्य र पोषण सुधार ं, हामो्र प्रतिबद्धता ” भन्ने नाराका साथ दशौैं राष्ट्रिय पोल्ट्री दिवस मनाईएको हो । बार्षिक कार्यक्रम अन्र्तगत भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञको केन्द्रको आयोजनामा आज सदरमुकाम चैन्पुरमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख बिनोद बहादुर कठाएतले प्रोटिनको महत्व र उपल्व्धता, मानव स्वास्थ्यका लागि अण्डा र मासुको महत्व, पोल्ट्रीको वर्तमान अबस्था र चुनौति विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख बिनोद बहादुर कठाएतकोे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल रहनुभएको थियो । वि.स. २०१७ साल पुस १७ गते राजा महेन्द्रले ह्याचरि उद्घाटन गरेको दिनलाई पोल््ट्री दिवसको रुपमा मनाउँदै आईएको हो ।

नेपालमा बार्षिक कुखुराबाट १ अर्ब २० करोड २१ लाख गोटा फुल उत्पादन हुने गरेको तथ्याङकमा उल्लेख गरीएको छ । बझाङमा समेत पछिल्लो समय कुखुरा बाट रामो्र आम्दानी हुन थालेपछि २३ वटा पोल्ट्री फम सञ्चालनमा आएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बझाङका डा कठाएतले बताउनुभयो । सबै भन्दा बढि बाग्मती प्रदेशमा ५० प्रतिशत गरीने गरीएको छ भने सुदुरपश्चिममा जम्मा ४ प्रतिशत कुखुरा व्यबसायि रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुरम अर्यालले बजार अनुगमनमा जादा मासु व्यबसायिले सरसफाइमा ध्यान नदिने गरेको र बासी सडेको मासु बेच्ने गरेको पाइएको भन्दै यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

साथै उहाले व्यबसायी सचेत नभइ यस्तो कार्य फेरी पनि दोहोरीए कानुन अनुसार कार्बाहि गरीने बताउनुभयो । यस्तै डा कठाएतले समेत अधिकाशले दोहोर अनुदान लिने गरेको भन्ने गुनासो कार्यालयमा आउने गरेको भन्दै यसलाइ व्यबस्थित बनाउदै आफु अगाडि बढेको बताउनुभयो । मासु व्यबसायिले बिशेष सरसरफाइमा ध्यान दिदै उपभोक्ताको स्वास्थ्यको समेत बिचार गर्नुपर्ने बताउनुभयो । नेपाल सन् २०२१ मार्चमा मासु र अण्डामा आत्मनिर्भर घोषणा भएको थियो ।

Loading...