धनगढीमा वाईवाई एसईई आइडल सिजन २ सुरु

धनगढी ः सुदूरपप्श्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको आईतबार सुरु भएको छ । प्रभात मिडिया एण्ड ईभेन्ट प्रा लिको आयोमा भएको आईडलको उद्घाघाटन कार्यक्रम हिलवर्ड ई. बो.स्कूलको संयोजनमा धनगढीको बुद्ध मन्दिरमा सम्पन्न भएको छ । सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका २५ वटा अडिसनहरु वि .सं. २०८० को जेठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना हुनेछन् । अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिनेछ ।

नृत्यमा विजेता र उप.विजेताले नगद प्रथम पुरुस्काररु. ५० हजार दोस्रो पुरुस्कार २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् आयोजकले जानकारी दिए । गायनमा तर्फको विजेता र उप.विजेताले प्रथम पुरुस्कार रु २० हजार दोस्रा पुरुस्कार रु. १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पानेछन् । साथै दुवै विधाका विजेता र उप.विजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । यस प्रतियोगितालाई सुदूरपश्चिम एकेडेमी र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।

Loading...