माघेसंक्रान्तीको अवसरमा डोटीको गहनानमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

डोटी : डोटीमा माघेसंक्रान्तीको अवसर पारी राष्ट्रिय स्तरको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । डोटीको शिखर नगरपालिका १० बानेडुग्रीसैनमा गहनान सामुदायिक युवा क्लबको आयोजनामा राष्ट्रिय स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

 

प्रतियोगिता पौष २६ गतेदेखि ३० गतेसम्म बानेडुग्रीसैनस्थीत सिद्देश्वर माध्यमिक विद्यालयमा हुनेछ । प्रतियोगितामा सहभागीताका लागी पौष १८ गते देखी २५ गते बेलुकी ५ बजेसम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष योगेन्द्र रावतले जानकारी दिएका छन् । टिम दर्ता शुल्क ३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

 

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ३१ हजार १११ रुपैयाँ नगद, ट्रर्फी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी द्धितिय पुरस्कार ५५हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

 

तृतीय पुरस्कार ३३ हजार ३३३ रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । टिम दर्ताका लागी क्लबका अध्यक्ष योगेन्द्र रावतको फोन नम्बर ९८४००४६४१५ तथा राजेश ठगुन्नाको फोन नम्बर ९८४९७०४४९३ मा पनि सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

 

क्लबले पर्यटकीय तथा धार्मिक तीर्थस्थल गहनानमा माघेसंक्रान्ती मेलाको अवसर पारी हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Loading...