गोदावरी नगरपालिका खुटीया नदिबाट नदिजन्य पर्दाथ निकासी सामाजिक संजालको अपडेट : भित्री कुरो यस्तो रहेछ

अत्तरिया: कैलालीको गोदावरी नगरपालीकाले वडा नम्बर ८ स्थीत खुटीया नदिबाट नदिजन्य पर्दाथ निकासीगर्दा अनाधिकृत बिल प्रयोग भएको भन्दै विरोध भएको छ ।

नदिजन्य पर्दाथ निकासीमा नगरपालीकाले भ्याट बिल प्रयोग गर्नुको सट्टा सादा सेतो कागजमा छाप लगाएर बिलको रुपमा प्रयोग गरेपछी सामाजिक सञ्जालमा विरोध भएको हो । नेकपा एमालेका गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टले नगर सरकारले बिक्री भए बमोजीमको राजस्व दाखीला गर्नुको साटो उधारो कारोबार गरीरहेको बताए ।

उनले आफ्नो सामाजिक सञ्जालमा सादा सेतो कागजमा नगरको छाप सहित पैसा र गाडीको डिटेलबारे लेखीएका कुपनहरु शेयर गर्दै गोदावरी नगरपालीका भ्रष्टाचारीहरुको अखडा भएको टिप्पणी गरेका छन् ।

गोदावरी नगरपालीकाले नदिजन्य पर्दाथ संकलनमा गरेको भ्रष्टाचार विरुद्ध अखित्यारमा उजुरी दिने तयारी गर्न समेत उनले आग्रह गरेका छन् । अन्य थुप्रै व्यत्तिले समेत नगरपालीकाको उत्त कार्यको चर्को विरोध गरेका छन् ।

Loading...