सरकारले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ । प्रदेश सभा सदस्य महरा

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्बरी महराले (रक्षा) सरकारले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छन । सोमबार धनगढीको फाप्ला मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टि ट्वान्टी कृक्रेट प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगीतामा बोल्दै महराले देशको नाम उचो राख्ने खेल र खेलाडी सरकारको प्राथमिकतामा नपर्ने गरेकै कारण अपेक्षाकृत नजिता नआइरहको बताइन ।


प्रदेश सभा सदस्य महराले विद्यालय जीवनमा आफूपनि खेलकुदका गतिविधिमा सकृय रहने गरेको र नेपालगञ्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुद प्रतियोगीतामा तत्कालिन सुदूरपश्चिम विकास क्षेत्रबाट एथलेटिक्स खेलमा प्रतिनिधित्व गरेकाले खेलाडी र खेल जीवनलाई निकटबाट बुझेको बताएकी छिन । उनले आफ्नो कार्यकालमा सुदूरपश्चिमका खेलाडीहरुको हकहीतका लागि सक्दो पहल गर्ने र प्रदेश सभामा यस विषयमा सशक्त रुपमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गरिन ।

आगामी पोैष २७ गतेदेखि प्रदेश न १ को इटहरीमा आयोजना हुन गैरहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला टि ट्वान्टी कृक्रेट प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगीता सुरु भएको छ । प्रदेश भरीका ७ जिल्ला सहभागी रहेको छनोट प्रतियोगीता पौष २३ गतेसम्म चल्नेछ ।

Loading...