‘कान्छी’ सिरियलकी आशा खड्का आमा लिएर मिडियामा आइन। पहिलेको दुख सम्झेर आमा छोरी नै धरधरी रोए, १३ बर्षमै घर छोडेकी थिए (भिडियो हेर्नुस)

यतिबेलाकी चर्चित कलाकार हुन्, आशा खड्का । आशा खड्का निर्देशित २ सिरियलहरु कान्छी र भुन्टीले छोटो समयमै निकै लोकप्रियता पाउँदै दर्शकहरुको मन जित्दैछ । एकदिनमै २० लाख हाराहारी दर्शकहरुले यि दुई सिरियलहरुलाई हेर्ने गर्दछन् । सामाजिक र पारिवारिक सिरियल कान्छी र भुन्टीको सुरुवात आशाले लकडाउन भन्दा अगाडिको समयबाट गरेकी थिईन् । लकडाउनमा पनि स्रोत र साधन जुटाउँदै छायाँकन गरेर दर्शकहरु माँझ सिरियल पस्किएपछि उक्त दुई सिरियलहरुको लोकप्रियता झनै बढ्यो र धेरै सँख्यामा दर्शकहरुले हेर्न थाले ।

यसैबिच शिशिर भण्डारीसँग कुराकानी गर्दै कान्छी आशाले आफ्नो जीवन सँघर्ष सुनाएकी छिन् । बाल्यकालमा १३ बर्षमै आफ्नी आमासँग घर छोडेकी आशा काठमाडौंमा सानैदेखि सँघर्ष गरेर हुर्किइन् । आफ्नो आमाको साथमा मिडियामा आएकी आशाले आफ्नो कथा सुनाउँदै गर्दा आमा छोरीकै आखाँबाट आँशु झर्यो । भिडियो हेर्नुस

Loading...