सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमै नागरिक उन्मुक्ति पार्टीको चेतावनी

धनगढी: नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ ।

सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताए ।उनले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन। घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ। घटना समाधानले मात्रै समाज विकास हुनेछ। यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेसन चल्न दिने छैनौ।’उनले जसरी रेशम चौधरी डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका र धनगढीको कारागारमा जेलमा पनी हाम्रा साथीहरु राखिएका छन्। तिनिहरुको निकास सरकारले दिनुपर्छ उनले भने। राजनितीक दल तथा सरकारले ब्यक्तीगत स्वार्थका लागी नभई निष्पक्ष्य निकास दिनुपर्ने उनले बताए ।

डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीहरुलाई बन्दी बनाएर राखिएको छ । माघी पर्वसम्म निर्शत उहाँहरुको रिहाई गर्नुपर्ने हाम्रो माग छ । होइन भने माघपछि सदनमा हाम्रो अवरोध हुनेछ । चल्ने दिइने छैन ।’चौधरीले टीकापुर घटना अपराधिक नभएर राजनीतिक घटना भएका कारण सोही रुपमा राज्यले निकास खोज्नुपर्ने उल्लेख गरेका छन् ।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन्। नेकपा माओवादी केन्द्र को ११, नेकपा एमालेको दश, नेकपा एकीकृत समाजवादीको चार, राप्रपा र स्वतन्त्र एक/एक जना रहेका छन्। सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ। सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ। नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा भने समर्थन गरेको छ।

कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेशसभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन्। चार सदस्य रहेको एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने निर्णय अझै गरिसकेको छैन। समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन् । सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका डा.तारा जोशीलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिन्छन्।

Loading...