गोदावरी नगरपालिका-२ द्वारा चिसोको समयमा बयोबृद्धलाई कम्बल वितरण

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. २ ले ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि ८० वर्षमाथीका ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो । वडाध्यक्ष यज्ञ महराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।


कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले पौष महिनाको जाडो र शितलहरका बिच ज्येष्ठ नागरिकको सहजताका लागी वडा कार्यालयले गरेको कार्य प्रशंसा योग्य रहेको बताए । उनले चिसोको मौषममा सबैभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई समस्या हुने हुँदा वडा कार्यालयले कम्बल वितरण गरेको बताए । उनले उक्त कम्बल ले चिसोमा ज्येष्ठ नागरिकहरुलाई न्यानोको अनुभुती हुने बताए ।

यसका साथै उनले नगरपालिकाले पनि नगरका सबै वडाका ज्येष्ठ नागरिकहरुलाई चिसो मौषममा कम्बल वितरणको योजना राखेको बताए । उनले पौष महिनाको जाडोलाई मध्यनजर गरी ज्येष्ठ नागरिकहरुलाई सहज हुने किसिमले काम गर्न वडालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष महराले वडाले चिसो मौषमलाई मध्यनजर गरी ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको बताए । उनले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम अनुसार वडामा रहेका ८० वर्षमाथीका सबै ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिने बताए । त्यसका साथै उनले विपन्न र एकल महिलाहरुलाई पनि वडाले कम्बल वितरण गर्ने बताए । उनले वडाले उक्त योजनावाफत १ लाख रुपैया छुट्याएको बताए ।

Loading...