एकीकृत समाजवादी र जसपा पार्टी एकताबारे छलफल


काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच पार्टी एकता गर्ने तयारी अघि बढेको छ ।


एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग जसपासँग एकता गर्न आफूहरू छलफलमा रहेको बताएका हुन् ।



उनका अनुसार एकता लागि छलफल चलिरहेको छ र छलफलले निर्णय गर्नेछ । अहिले एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक चलिरहेको छ।


निर्वाचनबाट प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सांसद निर्वाचित भएका छन्। न्यूज24नेपाल बाट



