सिगास गाउँपालिका स्थित खुदाईनगरका युवाहरूले गरे निशुल्क अतिरिक्त कक्षा संचालन
बैतडी: जिल्लाको सिगास गाउँपालिकाको वडा नं.०२ गाँजरी खुदाईनगरमा स्थानीय युवाहरूले निशुल्क अतिरिक्त कक्षा संचालन गरेका छन्।फुर्सदको समयको सदुपयोग गर्दै बिद्यार्थीको पढाइमा सहयोग गर्ने हेतुले स्थानीय युवाहरू द्वारा निशुल्क अतिरिक्त कक्षा संचालन गरिएको हो।


खुदाईनगर टोलमा रहेका बिद्यार्थीहरु लाई पढाइ तर्फ उन्मुख गर्ने हेतुले यहीँ पौष १७ गते टोलमा अभिभावकहरुको भेला बोलाइ ध्रुब किरण भुलको संयोजकत्वमा बसेको बैठकले यहीँ माघ १८ गतेदेखि निशुल्क अतिरिक्त कक्षा संचालन गर्ने निर्णय अनरुप कक्षा संचालनमा ल्याएको संयोजक ध्रुब किरण भुलले बताएका छन्।




उनका अनुसार बिद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि स्थानीय युवाहरु सङ्गको समुन्वयमा खुदाईनगर टोलका बिद्यार्थीका लागि निशुल्क अतिरिक्त कक्षा संचालनमा ल्याएको जनाएका छन्।


अहिले खुदाईनगरका २५ घरपरिवारका ४७ जना बिद्यार्थीहरुले अतिरिक्त कक्षा लिईरहेका छन्|


