नेपालमा घर खर्चको लागि बिदेशबाट पैसा पठाउने सोचमा हुनुहुन्छ भने जानकारि लिनुहोस आजका लागि तोकिएको बिदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ०९ पैसा र बिक्री दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ १४ पैसा र बिक्री दर १५९ रुपैयाँ ८६ पैसा रहेको छ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

Loading...