खेलाडीहरुको पारिश्रमिकको पतिवद्धता गरेसँगै नेपाल टी-२० लिग खेल खेलाडी तयार


काठमाडौं: पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् ।


र काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ ।खेलाडीले टस गर्न नमानेपछि ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ ।



खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ ।



