गोदावरीको खुटिया काण्ड बिरुद्ध आज पनि एमाले कार्यकर्ताले नगरपालिका घेराउ गर्ने : नगरअध्यक्ष भट्ट

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले नदी जन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिका कार्यालय हिजो घेराउ गरिएको थियो । नेकपा एमाले गोदावरी नगर कमिटीले नदीजन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै कारवाहीको माग गर्दै नगरपालिका घेराउ गरेको हो ।

नगरकमिटी अध्यक्ष गोकण भट्टको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै विरोध जनाएको थियो । विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘खुटिया काण्ड बन्द गर’, ‘भ्रष्टाचार छानबिन गर’, ’अनियमितता बन्द गर’, ’राजस्व चुहावट गर्न पाइदैन’ लगाएतका नारा लगाएका थिए ।

उक्त आर्थिक अनियमितता बिरुद्ध नेकपा एमाले गोदावरी नगर कमिटीको नेतृत्वमा आज पनि दिउसो १ बजे चरणबद्ध छानबिन आन्दोलन हुने , सत्यतथ्य सुनुवाई नहुन्जेलसम्म जारी रहने अध्यक्ष भट्टले बताए ।

Loading...