अत्याधिक चिसो बढेसँगै नगरपालिकाद्वारा अत्तरिया बजारमा दाउरा वितरण

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा दाउरा वितरण गरेको छ । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो ।

 

शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख विरेन्द्र भट्टले बताए । उनले चिसो मौषममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए ।

उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समयभरी नै नगरले दाउरा वितरण गर्ने बताए ।

Loading...