यू १९ एसिया कप क्वालिफायरः बन्द प्रशिक्षणका लागि सुदूरका ७ खेलाडी छनौट
बैतडी
आइसिसी यू १९ एसिया कप क्वालिफायर डिभिजन १ छनोटको लागि नेपाल क्रिकेट संघले २८ खेलाडीलाई छनौट गरेको छ । दुई महिनापछि युएईमा हुने छनौटका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनौट गरेको हो । बन्द प्रशिक्षण मंगलबार देखि काठमाडौँंमा सुरु हुने क्यानले जनाएको छ ।


छनौट भएका २८ खेलाडीमध्ये सात जना सुदूरपश्चिमका रहेका छन् । अनुराग सिंह, दीपक बोहरा ए , दिपक बोहरा बी, हेमन्त धामी,आकाश चन्द,मिलन बोहरा र नरेन साउँद सुदूरको टोलीबाट छनौट भएका हुन् ।
गत मंसिरमा काठमाडौंमा सम्पन्न वाई वाई यू—१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा खेलाडी छनौट गरिएको हो । उक्त यू—१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन बनेको थियो ।




छनौट भएका खेलाडीहरुमा अर्जन कुमाल, आकाश त्रिपाठी, उत्तम थापामगर, अनुराग सिंह, मिलन बोहरा, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, दीपक बोहरा, दीपेश कंडेल, निर्मल गुरुङ, सुवास भण्डारी, नरेन साउद र हेमन्त धामी रहेका छन् ।
यस्तै आकाश चन्द, दुर्गेश गुप्ता, राकेश यादव, गुलशन झा, सक्रिय कार्की, विपिन महतो, दीपक डुम्रे, प्रज्वल थापा, मयन यादव, विशाल विक्रम केसी, युनिससिंह ठकुरी, दीपक बोहरा, देव खनाल र तिलकराज भण्डारी पनि बन्द प्रशिक्षणका लागि छनौट भएका छन् ।
नेपालले फेब्रुअरीमा युएईमा गएर एसिया डिभिजन १ खेल्नेछ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।
विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।




