गोदावरी नगरपालिकाले रोयल्टी उठाउन सादा पाना प्रयोग गरिएको भन्दै राप्रपाद्वारा विरोध, छानविन गर्न माग


अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले रोयल्टी उठाउनको लागि सादा पाना प्रयोग गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएको छ । मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टलाई ज्ञापन पत्र बुझाउँदै राप्रपाले विरोध जनाएको छ ।


राप्रपा गोदावरी नगर कमिटीका अध्यक्ष दुर्गा पोखरेले नगरप्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा रोयल्टी उठाउन अख्तियारी नभै सादा पाना दिनु गैरउत्तरदायी कार्य भएको उल्लेख छ ।



ध्यानकर्षण पत्रमा रोयल्टी उठाउनको लागि सादा अनियमिता भएको हुन सक्ने भएकाले छानविन गर्न माग गरिएको छ ।


‘यसको प्रत्यक्ष प्रभाव आम नागरिक तथा विकास कार्यहरुमा नकारात्मक पर्ने हुँदा सो को जाँचबुझ गरी नियमितता र शुशासन कायम गर्न गराउन राप्रपा गोदावरी नगर प्रमुख ज्यूलाई गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।


