सिगास ९ को वडा कार्यालयमा तालाबन्दी, वडा कार्यालय लाइ ज्ञापनपत्र (ज्ञापन पत्र सहित)

बैतडी:बैतडीको सिगास गाउँपालिका वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा नं. ९ को चुवाँमा रहेको श्री निलपाल आधारभुत विद्यालयमा कार्यरत रहेका शिक्षकको दरबन्दी काटिएको जनाउँदै सम्पूर्ण शिक्षक अविभावक र विद्यार्थी समेतको सहभागीतामा आज वडा कार्यालयमा तालाबन्दी गरिएको विद्यालय स्रोतले जनाएको छ ।

साउन ३० गते वडा नं.९ को कार्यालयमा सर्वपक्षीय बैठक बस्दा सम्म उक्त विद्यालयको कुनै पनि दरबन्दी नकाटिएको गाउँपालिकाको परिपत्र अनुसार कुनै जानकारी नआएको र हाल जानकारी बिना उक्त विद्यालयमा दरबन्दी काटिएकोले कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थीको भविष्य अन्यौल पूर्ण अवस्थामा पुर्याइएकोले यस समस्याको बारेमा वडा नं. ९ को कार्यालय मार्फत सिगास गाउँपालिकाको कार्यालयलाइ जानकारी नगराइएको भन्दै तालाबन्दी गरिएको जनाएको छ ।

विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी र अभिभावकले यहि पौष ७ गते देखि पौष १६ गते सम्म चित्त बुझ्दो जवाफ नआएको खण्डमा वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका थिए । यसैगरी वडा कार्यालयले कुनै सुनुवाई नगरेमा वडा नं. ९ का सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने पनि ज्ञापन पत्रमा भनिएको छ ।

सम्पूर्ण अविभावक, शिक्षक र विद्यार्थीको रहोवरमा वडा कार्यालयलाइ दिइएको ज्ञापनपत्रमा भनिएको छ ” उपर्युक्त विषय सम्बन्धमा श्री निलपाल आधारभुत विद्यालय कोटभैरव, चुवाँमा हामी कार्यरत शिक्षकहरू कार्यरत रहेको सर्वविदितै छ। पछि आएर सिगास गाउँपालिका स्वयंसेवक शिक्षकको रूपमा कामकाज गर्दै आएका थियौंँ र यहि साउन ३० गते वडा नं.९ को कार्यालयमा सर्वपक्षीय बैठक बस्दा सम्म पनि यस विद्यालयको कुनै पनि दरबन्दी नकाटिएको गाउँपालिका बाट आएको परिपत्र अनुसार कुनै जानकारी नआएको र हाल जानकारी बिना यस विद्यालयमा दरबन्दी काटिएकोले कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थीको भविष्य अन्यौल पूर्ण अवस्थामा पुर्याइएकोले यस समस्याको बारेमा वडा नं. ९ को कार्यालय मार्फत सिगास गाउँपालिकाको कार्यालयलाइ यथाशीघ्र उक्त दरबन्दीहरु पुनर्बहाली गरी हाम्रो समस्या समाधान गरिदिन हुन यो ज्ञापनपत्र पेश गर्दछौँ। ”

Loading...