नेपाली काँग्रेस सुदुरपश्चिम संसदिय दलमा ७ जनाको दावी

धनगढी: सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलको नेताका लागि ६ जनाले दावी गरेका छन । नेता चयनका लागि नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश समितिले आज गरेकाे छलफलमा ७ जना प्रदेस सांसदले दावी पेश गरेका हुन ।

संसदिय दलकाे नेताका लागि दावी गर्नेमा प्रदेश महामन्त्री समेत रहेका मेघराज खडका, बहादुरसिंह थापा, प्रकाश देउवा, शिवराज भट्ट,दिवानसिं बिष्ट, मान बहालुर रावल र कमल शाह रहेका छन ।

 

१९ जना प्रदेश सांसद सहित नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठकले भाेली बिहान सम्म सहमतिका लागि समय दिएकाे नेपाली काँग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले बताए ।

 

महामन्त्री शाहका अनुसार बुधबार बिहान १० बजे सम्म सहमति नभए निर्वाचन प्रकृयाबाट दलकाे नेता छानिने छ ।
कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर भएकाले बैठक उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेकाे थियाे ।

Loading...