सुटिङ हेर्न जाँदा जाँदै आशा खड्का कसरी बनिन, यति ठुलो कलाकार ? रजतपट अँकललाई आफ्नो गुरु मान्छिन् (भिडियो हेर्नुस)
यतिबेलाकी चर्चित कलाकार हुन्, आशा खड्का । आशा खड्का निर्देशित २ सिरियलहरु कान्छी र भुन्टीले छोटो समयमै निकै लोकप्रियता पाउँदै दर्शकहरुको मन जित्दैछ । एकदिनमै २० लाख हाराहारी दर्शकहरुले यि दुई सिरियलहरुलाई हेर्ने गर्दछन् । सामाजिक र पारिवारिक सिरियल कान्छी र भुन्टीको सुरुवात आशाले लकडाउन भन्दा अगाडिको समयबाट गरेकी थिईन् । लकडाउनमा पनि स्रोत र साधन जुटाउँदै छायाँकन गरेर दर्शकहरु माँझ सिरियल पस्किएपछि उक्त दुई सिरियलहरुको लोकप्रियता झनै बढ्यो र धेरै सँख्यामा दर्शकहरुले हेर्न थाले ।


यसैबिच शिशिर भण्डारीसँग कुराकानी गर्दै आशाले आफ्नो कलाकारितामा सँघर्षको कथा सुनाएकी छिन् । आशाले आफ्नो कथा सुनाउँदै गर्दा पहिले आफु सुटिँग हेर्न जाने गरेको र त्यसै क्रममा हर्के हवल्दार सिरियलमा प्रकाश सुवेदीले मौका दिएपछि कलाकारितामा पाईला टेकेको बतााईन् रजतपट अँकल प्रकाश सुवेदीलाई आशा गुरु मान्छिन् । भिडियो हेर्नुस






