बालबिबाह बिरुद्ध रणनिति कार्ययोजना तयारी कार्यशाला गोष्ठि सम्पन्न

बझाङ: बालबिबाह बिरुद्ध रणनिति कार्ययोजना तयारी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । जयपृथ्बी नगरपालिकाको आयोजना प्रगतीशलि युवा समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा आज जयपृथ्बी नगरपालिकाको सभाहलमा गोष्ठि सम्पन्न भएको हो । बालबिबाह अन्त्य गर्नका लागी जयपृथ्बी नगरपालिकाको पाच बर्षे रणनीतिक कार्य योजना तयार पार्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत बिनोद थापाल बताउनुभयो । दिगो विकासका लक्ष्यहरूको कार्य सूची अनुसार) २०३०) मा बाल विवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समाबेश गरिएको छ यसैलाइ आधार मानेर जयपृथ्बी नगरपालिकामा पनि बालबिबाह अन्त्य गर्नको लागी रणनितिक कार्ययोजना तयार पारीएकोे हो ।

जयपृथ्बी नगरपालिका उपमेयर रतन बहादुर सिहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी नगरपािलका नगर प्रमुख चेतराज बजाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बाल विवाहले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरुको जीवनचक्रमा थुप्रै अधिकार उल्ल्ंघनको श्रृंखला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहेको बताउनुभयो । बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, जस्ता थप हिंसाहरुले वालिका र महिलाहरु थप प्रताडित हुन पुग्ने गरेको बताउदै बालबिबाह अन्त्य गरी बालबिबाह मुक्त नगरपािलका बनाउन भने जस्तो सजिलो नभइ धेरै चुनौती रहेकाले सबैले लाग्नुपर्ने बताउनुभयो ।


यस्तै जयपृथ्बी नगरपालिका उपमेयर रतन बहादुर सिहले ५ बर्षे रणनितीलाइ सफल पार्न नगरपालिकाले मात्र नसक्ने भएकाले वडा अध्यक्ष देखी लगेर सबैले आआफनो ठाउबाट साथ दिएमात्र बालबिबाह अन्त्य गरी बालबिबाह मुक्त नगरपािलका बनाउन सकिने बताउनुभयो । कार्यक्रमको सञ्चालन जयपृथ्बी नगरपािलका महिला तथा बालबालिका शाखाकी महिला निरीक्षक मिना रेग्मी ले गर्नुभएको थियो भने कार्यक्रममा परामर्शदाता बिरेन्द्र खड्रकाले सहजिकरण गर्नुभएको थियो । कार्यृक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत , ११ वटै वडाका वडा अध्यक्षहरु, बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न गैर सरकारी सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको रहेको थियो ।

नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ ।

Loading...