फेरी अर्को आईपिओ पाईपलाईनमा, एक लघुवित्त र तीन हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति

काठमाण्डौ: फेरी धमाधम एकपछि अर्काे गर्दै आउने क्रम सुरु भएकाे छ । यसैक्रममा नेपाल धितोपत्र बोर्डले एक लघुवित्त वित्तीय संस्था र तीन हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बिपीडब्लु लघुवित्त वित्तीय संस्थालाई बोर्डले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन अनुमति दिएको हो । लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता शेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरलाई बोर्डले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । सानिमा मिडल तमोर हाइड्रोपावरले पनि ८३ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले पनि उक्त शेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीले यस अघिनै शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

यस्तै सगरमाथा हाइड्रोपावरले पनि ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले पुस १७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Loading...