बैतडीको पञ्चेश्वरकी माया लुहारको परिवारलाई गाउँपालिकाले २ लाख ५० हजार आर्थिक सहयोग

बैतडी:  बैतडीको पञ्चेश्वर गाउँपालिकाले लुहारको परिवारलाई आर्थिक सहयोग गरेको छ । घाँटी रेटि हत्या गरिएकी पञ्चेश्वर ४ फ्याउलेकी माया लुहारको परिवारलाई गाउँपालिकाले २ लाख ५० हजार आर्थिक सहयोग गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् ।

 

यसअघि घाइते नेहा लुहारको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको पलिकाले अहिले २ लाख ५० हजार चेक हस्तान्त्रण गरेको उनले बताइन् । यस्तै गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष र कर्मचारीहरुले व्याक्तिगत रुपमा संकलन गरेर ६३ हजार रुपैँया पीडित परिवारलाई हस्तान्त्रण गरिएको बताइएको छ ।

Loading...