सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

नेताले उल्लु बनाउँने उखान खोज्छन्,
दलालिमा पनि आफ्नो शान खोज्छन्।
किन हुन्छन् देशमा आन्दोलन सधैभरी,
जनताले समस्यको समाधान खोज्छन्।
छानेर पठाउँछन् सरकार भित्र नेतालाई,
देश बिकाशमा उन्को योगदान खोज्छन्।
हामी नेपाली भनी विरताको बखान गर्दै,
संसारभरीमा आफ्नो पहिचान खोज्छन्।
बिद्रोहको ज्वाला त तब जल्छ सडकमा,
जनताले रोटी,कपडा र मकान खोज्छन्।
समय लाक्छ भत्किन्छ भ्रष्टचारी किल्ला,
जब श्रम्जिविले आफ्नो सन्तान खोज्छन।

॥१॥

 

जनताको हितमा जब छलफल हुन्छ,
सरकार पनि देशभक्तीमै अटल हुन्छ।
हाम्रो बिचारमा त्यो जो सुकै भएपनि,
सांचै त्यही व्यवहार मात्र असल हुन्छ।
जस्ले सकिन रक्षागर्न मातृत्व भूमिको,
त्यही अशक्षम अनि वे-अक्कल हुन्छ।
जिवित छ जातिय छुवाछुत समाजमा,
बिकाश होइन व्यवस्था नै तरल हुन्छ।
लामू समय पछि बन्यो सम्विधान यहां,
वलियो व्यवस्था तब यो अम्मल हुन्छ।
हिमाल पहाड तराई सयौं जातिको हो,
मिलेर बस्यौंभने बल्ल हाम्रो बल हुन्छ।
॥२॥

 

आर्काको समस्य बढाउँन लोकाचार पार्छन
देखावटी मायाँ गर्नेहरू सधै दिकदार पार्छन।
समस्यमा सानुभूति र मिठासको पनि खांचो,
गर्दागर्दै नोटङ्की बौछारले नाङ्गेझार पार्छन।
रोग लागे पछि हुन्छ उपचार हुँन्छन् औसधी,
कसैले सबथोक निकोपार्न हाहाकार पार्छन।
बात बहादुरहरूको केभर कुरैकुरामा हिंड्दा,
एकैछिनमा हाम्रो अगाडी सबै संसार पार्छन।
आफ्नो उल्लु सोझो पार्ने दाउँमा साख्खै भई,
अर्कालाई ज्युँदैमार्न हत्थकेलाको धार पार्छन्।
यस्तो सामाजिक रोगको उपचार गरौँ हामिले,
प्रचार लोकाचारीले समस्यमा बार बार पार्छन्।
॥३॥

 

पुँजिवादमा पैसा सँग मात्र प्यार हुन्छ सबैलाई,
व्यवस्थाभित्र बांच्ने यही आधार हुन्छ सबैलाई।
किन लडाई झग्डा हुँन्छ देशका शन्तानहरू मा,
यही धनको लोभ हुँदा सधै दरार हुन्छ सबैलाई।
धनीबन्ने सुखःसुबिधामा रम्ने सबैको चाहानाहो,
अनुसाशन भित्र बस्न त धेरै भार हुन्छ सबैलाई।
आफु धनी भयपछि यही कुरा बिर्शन्छन् मान्छे,
समाज मा बांच्न सक्ने अधिकार हुन्छ सबैलाई।
राजनीतिले समाजलाई राम्रो बाटो देखाउँनुप्रने,
यि दलालको व्यवहारले दिक्दार हुन्छ सबैलाई।

॥४॥

 

कतै झुक्दै नझुक्ने सिर टोपीले ढाकेको,
दुनियाँ भरी लड्ने विर टोपीले ढाकेको।
हिमाल पहाड र तराईकै यो शान राष्ट्रिता,
सयौं जात जाती आखिर टोपीले ढाकेको।
उठाएर खुकुरी लड्छन संसारकै माझ मा,
निडर मान्दैनन् कत्ती पिर टोपीले ढाकेको।
जहाँ जहाँ भयो हाम्रो माग पुग्यौँ त्यो ठाउँ,
खतरनाक काममा हाजिर टोपीले ढाकेको।
देशको अघात मायाँ छातिमै राखेर हिंड्यौं,
यस्तो छ हाम्रो यो तक्दिर टोपीले ढाकेको।
बहादुरी विर हाम्रो चिनारी हो संसार भरीमा,
बिशाल हियाकै हामी अमिर टैपीले ढाकेको।
सुरेशकुमार पान्डे।

 

 

 

 

Loading...