सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज यो बर्षकै सबै भन्दा बढी मूल्यमा कारोबार हुदै
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय छ।




यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला एक हजार चार सयमा आएको महासंघले जनाएको छ।


महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

