सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमल शाह सर्वसम्मत

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमल बहादुर शाह सर्बसम्मत चयन भएका छन । आज धनगढीमा बसेको दल को बैठकले शाहलाई सर्बसम्मत नेता चयन गरेको हो ।

 

शाह कैलाली २ बाट प्रदेशमा निर्बाचित सांसद हुन । यस अघी प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका थिए। तर अन्तिम समयमा शाहलाई नै सबैले समर्थन गरेका हुन ।

 

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवा आकांक्षी देखाएका छन् ।

Loading...