सेवाग्राहीलाई एकघण्टा भित्रै सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले ‘टाइम कार्ड’

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले ‘टाइम कार्ड’ लागू गरेको छ। सेवाग्राहीलाई एकघण्टा भित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो।

सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ती, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीहरुको बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परिक्षण हाललाई पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

टाइम कार्ड लागू गर्न सेवाग्राहीले समेत केहि नियम पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ। नागरिकता, राहादानी लगायतका जुन सेवा लिदा पनि प्रयाप्त र पूर्ण सक्कल कागजातसहित आउनु पर्नेछ।

सेवाग्राहीलाई कागजातप्रति द्धिबिधा भएको अवस्थामा कार्यालयका सूचना अधिकारी, तथा प्रमुख जिल्ला अधिकारीसमक्ष सम्पर्क गरि सुनिश्चित गर्नुपर्ने छ।

कार्यालयमा पुगिसेकपछि कार्यालयको नागरिक सहायता कक्षमा पूर्ण कागजातको रुजु गराई टोकन लिएर मात्रै सम्बन्धित शाखामा प्रस्थान गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सजिलोका लागि टाइम कार्ड लागू गरेको जनाएको छ।

Loading...