कैलालीको अत्तरियामा ७ दिने बाख्रापालन तालिम सुरु, गरीब, एकल महिला र दलितलाई ग्राहेता
अत्तरियाः कैलालीको अत्तरियामा ७ दिने बाख्रापालन तालिम सुरु भएको छ । ‘महिलाहरुका लागि नेतृत्व, उद्यमशिलता तथा सीप विकास तालिम अन्तरगत सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास कार्यालयले कैलालीका २ वटा पालिकाका महिलाई समेटेर तालिमको आयोजना गरेको हो ।


तालिमको बुधबार एक कार्यक्रमका बीच प्रदेश सरकारकी पुर्व भैतिक पुर्व धार पुर्व राज्य मन्त्री चुन कुमारी चौधरीले उद्घाटन गरेकी थिइन् । उनले महिलालाई आर्थिक रुपमा सबल बनाउनको लागि प्रदेश सरकारका महिला सांसदहरुको योजनामा तयार पारिएको कार्यक्रम अन्तरगत बाख्रापालन तालिम दिइएको बताइन् ।




‘हामी प्रदेश सभामा निर्वाचित भएपछि महिलालाई आयआर्जनमा कसरी जोड्ने भनेर द्धारीका देवी ठकुरानीको नाममा यो कार्यक्रम अघि सारेका थियौ’ उनले भनीन् ‘यो कार्यक्रम प्रदेशभरमा विगत ५ बर्षदेखि निरन्तर रुपमा चलिरहेको छ ।’


उनले तालिममा महिलाको आर्थिक सशक्तिकरण संगै नेतृत्व विकास पनि गरिने बताईन् ।
सामाजिक विकास कार्यालयका प्रमुख कुलराज सोतीले तालिममा चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका गरी ३७ जनाको सहभागि रहेको बताए । उनले तालिममा २ दिन नेतृत्व विकास सम्बन्धि र ५ दिन व्यवसायीक सीप सिकाइने बताए ।
‘तालिममा हामीले द्धन्द्धपीडित, एकल, दलित, जनजाति समुहबाट महिलाहरुलाई छनोट गरेका छौ । यसका लागि पालिकाको सहयोगमा सहभागि छनोट गरिएको छ’ उनले भने ‘तालिममा सहभागिलाई बाख्रा खरिदका लागि अनुदानमा २० हजार प्रति व्यक्ति सहयोग गर्ने छौ । उक्त रकमबाट बाख्रा खरिद गर्नुपर्छ । बाख्राको बिमा हामीले नै गरिदिन्छौ ।’ उनले हालसम्म १ हजार ३ सय महिलाई यस्तो तालिम दिईसकिएको बताए ।



