पौष २२ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिम अधिबेशन कैलालीको लालपुरमा हुदै
अत्तरिया: राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सुदूरपश्चिम अधिबेशन पौष २२ गते हुने भएको छ । प्रतिष्ठानको दोस्रो प्रदेश अधिबेशन पौष २२ गते कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा हुन लागेको हो ।


बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानका अध्यक्ष पदमा बहादुर धामीले दोस्रो अधिवेशन संगै नवनिर्मित प्रतिष्ठान भवनको उद्घाटन एवम् सांस्कृतिक कार्यक्रम गरीने जानकारी दिए ।
उनले अघिवेशनमा स्रष्टा सम्मान, उत्कृष्ट जिल्ला सम्मान, नौ वटै जिल्लाका झाँकी प्रदर्शनी, वहु चर्चित कलाकारहरुका प्रस्तुतीहरु, मौलिक बाजाहरुको प्रदर्शनी लगायतका कार्यक्रम गरिने बताए । अघिवेशनमा नौ वटै जिल्लाबाट ११५ जना प्रदेश प्रतिनिधि र प्ररिवेक्षकको सहभागिता रहने जनाईको छ ।




अधिवेशनको बन्द सत्र भने सोही दिन साँझ ५ बजे अत्तरियामा रहेको प्रतिभा पुष्तकालयको हलमा हुने आयोजकले जनाएको छ । अध्यक्ष धामीले बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने बताए । नयाँ कार्यसमितिको घोषणा भने पौष २३ गते गरिने उनले बताए ।


प्रतिष्ठानले प्रदेश सरकारको सहयोगमा लालपुरमा आफ्नै भवन निर्माण गरेकाले अधिवेशनकै दिन उद्घाटन गरिने उनले बताए । अधिवेशनको प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट हुने जनाईएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रथम उपाध्यक्ष दीर्घ फुलाराले अभिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले आफूहरु अहिले अधिवेशनको प्रचार प्रसारका लागेको बताए ।

कलाकार कल्याणकारी कोष
अधिवेशनबाट प्रतिष्ठानले पहिलो पटक कलाकार कल्याणकारी कोष स्थापना गर्ने योजना बनाएको छ । लोकदोहोरी क्षेत्रमा कृयाशिल कलाकारहरुको छाता संस्थाको रूपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले कलाकारहरुलाई भै परि आउन समस्यामा सहयोग गर्न कोष स्थापना गर्ने योजना अघि सारेको हो ।
प्रतिष्ठानका अध्यक्ष धामीले सुदूरपश्चिमका कलाकारहरुलाई लक्षित गरी कोष स्थापना गरिने बताए । ‘कुनै समय चर्चित भएको कलाकार पनि अशक्त भएको अवस्थामा सहयोगका लागि कुनै कोषको स्थापना छैन्’ उनले भने ‘यस्तो अवस्थामा कलाकारलाई निकै पीडा हुने गर्छ । यस्तो अवस्थामा कलाकारलाई सहयोग पु¥याउन कोषले राहत दिने अपेक्षा छ ।
प्रतिष्ठान स्थापना २०५८ सालमा भएको थियो । प्रतिष्ठानका हाल देशभरमा ५६ वटा शाखा रहेका छन । सुदूरपश्चिममा भने नौ वटै जिल्लामा शाखा कार्यालय रहेका छन ।
प्रदेशमा ५२२ जना सदस्य प्रतिष्ठानमा आवद्ध भएका छन । प्रदेश संरचना बनेपछि प्रतिष्ठानको पहिलो अघिवेशन २०७६ साल असोजनमा डोटीमा सम्पन्न भएको थियो । पौष २२ मा हुने दोस्रो अधिवेशनले ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।


