रातीको समयमा आगो बालेर सुत्दै गर्दा ओढेको कम्बलमा आगो सल्किदा राउटे युवक घाईते

दैलेख: ओढिरहेको कम्बलमा आगो सल्किँएर एक जना राउटे युवक घाइते भएका छन् । घाइते हुनेमा दैलेखनारायण नगरपालिका वडा नम्बर ८ सालेतडामा बस्दै आएका ३८ वर्षका नारायण शाही रहेका छन् ।

 

उनी राति सुत्दा छेउमा आगो बलेर सुतेका उनको कम्बलमा आगो सल्किएर मृत्यु भएको बताइएको छ । घाइते शाहीको छाती, दाहिने पाखुरा र ढाडमा आगोले पोलेको बताइएको छ ।

 

परिवारका सदस्यले आगो सल्किएको थाहा पाएपछि कम्बल हटाएका थिए । उनको ल्ला अस्पताल दैलेखमा उपचार भइरहेको बताइएको छ । मङ्गलवार सामाजिक सुरक्षा भत्ता पाएपछि शाहीले अत्यधिक रक्सी खाएर सुतेको महामुखिया महिनबहादुर शाहीले बताए ।

Loading...