बझाङमा न्युनतम सेवा मापदण्ड सम्बन्धि स्वास्थ्य व्यबस्थापन समितीलाइ अभिमुखीकरण कार्यक्रम सञ्चालन


बझाङः न्युनतम सेवा मापदण्ड सम्बन्धि स्वास्थ्य व्यबस्थापन समितीलाइ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीएको छ । केदारस्यु गाउपालिका भरीका स्वास्थ्य सँस्था स्तरीय न्युनतम सेवा मापदण्ड सम्बन्धि स्वास्थ्य व्यबस्थापन समितीलाइ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीएको हो । केदारस्यु गाउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भामचौर स्वास्थ्य चौकिमा आज र भोलि गोष्ठि सञ्चालन हुने जनाइएको छ ।


पालिका भरीका स्वास्थ्य सँस्थाहरुको सेवा प्रबाहको मापन तथा गुण्स्तरीयता पहिचानका लागी उक्त कार्यक्रम गरीएको केदारस्यु गाउपािलका स्वास्थ्य शाखाका कैलास बलाएरले जानममारी दिनुभयो ।



यसैबिच उक्त कार्यक्रम बिस्तारै पालिकाका सबै स्वास्थ्य सँस्थामा सञ्चालन गरीने उहाले बताउनुभयो । उक्त कार्यक्रममा ३३ जना गर्भवती महिलाले भिडिओ एक्सरे सेवा लिएको गाउपालिका उपाध्यक्ष मनिसा धामीले बताउनुभयो ।




