सिगास गाउँपालिकाले भन्यो – सामाजिक सुरक्षा भत्ता पाउनेको यकिन तथ्यांक उपलब्ध गराउनुस्

बैतडी:


बैतडीको सिगास गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउनेको यकिन तथ्यांक उपलब्ध गराउन ९ ओटै वडा कार्यालय लाइ अनुरोध गरेको छ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को प्रथम किस्ता सामाजिक शुरक्षाभत्ता प्राप्त गर्ने लाबग्राही मध्ये केही लाबग्राहीको हाल सम्म पनि व्यक्तिगत खातामा भुक्तानी नभएको र बिभिन्न मितिमा सूचना प्रवाह गर्दा खाता नम्बर उपलब्ध नभएको कारण यकिन तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको हो ।

प्रथम किस्ता सामाजिक शुरक्षाभत्ता यही पौष मसान्त सम्म भुक्तानी गरी बैङ्क पोर्टलमा अपलोड गरेर मात्र दोस्रो किस्ता सामाजिक शुरक्षाभत्ता निस्कासन हुने भएकाले ७ दिन भित्र यकिन तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको गाउँपालिकाले जनाएको छ ।

यसअघि आफ्नो बैङ्क खातामा सामाजिक शुरक्षाभत्ता निस्कासन नभएको भन्दै नागरिकले गुनासो समेत गरेका थिए। उक्त समस्यालाई समाधान गर्न गाउँपालिकाले उक्त सूचना जारी गर्दै यकिन तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको जनाइएको छ।

हेर्नुहोस् सूचना:-

Loading...