पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुने

पोखरा: पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुने भएको छ ।

 

पोखरा माहानगरपालिका र गैरआवसीय नेपाली संघ (एनआरएनए) को संयुक्त लगानीमा महेन्द्रपुलमा शौचालय र चमेना गृह निर्माण हुने भएको हो ।

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार उक्त स्थानमा मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना केहि समयअघि महानगरले नै भत्काएको थियो ।

 

यो स्थानमा रहेको कित्ता नम्बर ८२ को ५ आना जग्गामा शौचालय र चमेना गृह संरचना बनाइने उनले जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...