अछामको मंगलसेनमा हाइस दुर्घटना, चालक घाईते

कलम चलाउने/अछाम:अछाममा हाइस दुर्घटना भएको छ। आज बिहान लु २ ख ६४८० नम्बरको हाइस सदरमुकाम मंगलसेन बसपार्क नजिकै दुर्घटना भएको हो। हाइस सडकबाट करिब ५०० मिटर तल खसेको छ।

दुर्घटनामा कमलबजार न. पा ५ घर भएका अन्दाजी करिब ३० वर्षीया चालक श्याम बहादुर खत्री घाइते भएका छन् उनको जिल्ला अस्पताल मंगलसेन्मा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकरी प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए।

सडक छेउमा पार्किङ गरिएको हाइसमा चालक सुतिरहेको बेला न्युटनमा खुट्टा गएर गाडी दुर्घटना भएको बताईएको छ।हाइसमा अन्य कुनै पनि व्यक्ति नभएको बताईएको छ।

हाइस कमलबजार न पा ६ का नरेश शाही को रहेको जानकारी प्राप्त भएकोछ।

Loading...