सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, कतिमा हुदै छ त कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँ रहेको जनाएको छ । हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख २ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ थियो ।

 

यो महिना सुनको मूल्य निरन्तर बढिरहेको छ । महिनाको पहिलो दिन तोलामा ९९ हजार ९०० रुपैयाँ रहेको थियो । जुन, तोलामा ३ हजार २०० ले बढ्दै १ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ ।

 

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघले हिजो प्रतितोला १४ सय रहेको चाँदीको मूल्य आज १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

Loading...